काठमाडौं । काठमाडौँ महानगरपालिका मेयर बालेन साह र हामी नेपाली नामक संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी लिएर नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) का विद्यार्थी नेताहरू काठमाडौं प्रहरी परिसरमा जाने तयारी गरेका छन् ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयाससँगै सो पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले काउन्टर दिने तयारीस्वरुप मेयर साह र गुरुङविरुद्ध काउन्टर जाहेरी दिन अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर जान लागेका हुन् ।
सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरुको हत्या गरिएकोमा बालेन र सुदनलाई आरोपित गर्दै आज साँझ ५ बजे किटानी जाहेरी दर्ता गराउने तयारी अनेरास्वियुले गरेको हो ।












