१ फाल्गुन २०८२, शुक्रबार

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय


केपी शर्मा ओली

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेनजी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो ।

पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।

गृह मन्त्रालयले उनीहरुलाई अनुमतिविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !