२ फाल्गुन २०८२, शनिबार

केपी ओलीको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरिएको छ । जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूरवप्रधानमन्त्री ओलीको पासपोर्ट रोक्का गर्न सिफारिस गर्नुको साथै काठमाडौँ उपत्यका बाहिर जान रोक समेत लगाएको छ ।

आज आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु