६ फाल्गुन २०८२, बुधबार

दसैँमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश– अब बिगार्ने होइन, सपार्नेतिर लागौं


पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्ने प्रस्ट पारेका छन् । दसैँका अवसरमा जारी शुभकामना सन्देशमा उनले युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ रहेको उल्लेख गरेका छन् ।

आइतबार शुभकामना सन्देश जारी गर्दै उनले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने प्रष्ट पारेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हुनै पर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरबशाली संस्कृतिको मेरुदण्ड रहेको पूर्वराजा शाहले प्रष्ट पारेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !