२ फाल्गुन २०८२, शनिबार

ओलीले मुख खोल्दै भने – ‘हामीले देश बचाउनु छ’


केपी शर्मा ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले देश देश बचाउनुपर्ने बताएका छन् ।

भक्तपुरको गुण्डुमा प्रेस चौतारी नेपालका पदाधीकारीसँग आज भएको छलफलमा अध्यक्ष ओलीले यसला साथै देशमा सुशासन र विकास गरेर देशलाई अगाडि बढाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, “हामीले देश बचाउनु छ, देशमा सुशासन र विकास गरेर देशलाई अगाडि बढाउनुपर्नेछ ।” उनले अभिव्यक्ति स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्ने धारणा राखे ।

उनले मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्ने बताएका छन् । उनले लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प नभएको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !