४ फाल्गुन २०८२, सोमबार

फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गर्न नारायणकाजीको प्रस्ताव


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताएका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूलाई दिन माग गरेका छन्। जारी केन्द्रीय कमिटीको बैठकमा प्रचण्डलगत्तै बोलेका श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारीम मागेका हुन्।

उनले मंसिरमा विशेष महाधिवेशन गर्न सम्भव नहुने भन्दै चुनावपछि गर्ने प्रस्ताव पनि अघि सारे। प्रचण्डले भने केन्द्रीय कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशको प्रस्ताव राखेका छन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !