९ फाल्गुन २०८२, शनिबार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीवीच भेटवार्ता


राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीवीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीवीच भेटवार्ता भएको छ । आज बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीवीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही, फागुन २१ का लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनलगायतको विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति भेट्नुअघि प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, सीआइबी प्रमुख एआईजी डा. मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । यस्तै मङ्गलवार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !