३ फाल्गुन २०८२, आइतबार

राष्ट्रपति पौडेलसमक्ष थप ५ जना मन्त्रीहरुको नाम सिफारिस, सपथ भोलि


राष्ट्रपति पौडेलसमक्ष थप ५ जना मन्त्रीहरुको नाम सिफारिस, सपथ भोलि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप ५ जना मन्त्रीहरुको नाम सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति पौडेलसमक्ष आज राती ५ जनाको नाम सिफारिस गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसमक्ष थप ५ जना मन्त्री सिफारिस भएसँगै मन्त्रिपरिषद् ९ सदस्यीय हुने भएको हो । अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेलको नाम मन्त्रीमा सिफारिस भएका हुन् ।

स्रोतका अनुसार सिन्हालाई कानून, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिइएको छ । यस्तै मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खरेललाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !