काठमाडौँ। केन्द्रीय तिब्बती प्रशासनका प्रमुख (सिक्योङ) पेन्पा छिरिङले नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएका छन्।
सिक्योङले नेपाली जनताको त्याग, विशेष गरी जेनजी क्रान्तिका दौरान उनीहरूले पुर्याएको योगदान, को पनि प्रशंसा गरेका छन् । सिक्योङले नेपालमा रहेका तिब्बती शरणार्थीहरूको अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन्।
उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा रहेका तिब्बती शरणार्थीहरूका लागि राहत मिल्ने आशा व्यक्त गरेका छन्। पत्रको अन्त्यमा उनले प्रधानमन्त्री कार्कीको सफल कार्यकालको कामना गर्दै नेपालको इतिहासमा नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरेका छन्।
यसअघि दलाई लामाले पनि प्रधानमन्त्री कार्कीलाई बधाई दिएका थिए । यसको भूराजनीतिक प्रभावबारे अहिले विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् ।












