काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नयाँ मन्त्रीहरुको शपथ भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहका वीच तीन नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह राष्ट्रपति कार्यालय परिसरमा टेन्टमुनि गराइएको हो ।
प्रधानमन्त्री कार्कीले हिजो आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । गृहमन्त्रीमा ओमप्रकाश अर्याल, अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको छ ।
यसका साथै अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिएको छ ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत अधिकारी सहभागी थिए ।












