९ फाल्गुन २०८२, शनिबार

प्रदर्शनपछि समस्या समाधान गर्न आज वार्तामा बस्दै जेनजी प्रतिनिधि


जेनजी आन्दोलन

काठमाडौं । जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो ।

नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले वार्ताका लागि मंगलबार अपिल गरेका थिए ।

उक्त अपिलसँगै जेनजीका प्रतिनिधि पनि वार्तामा बस्न तयार भएका हुन् । वार्तामा नयाँ नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने स्रोतले बताएको छ । विशेष स्रोतका अनुसार नेपाली सेनाले वार्ताको व्यवस्था मिलाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !