९ फाल्गुन २०८२, शनिबार

प्रधानसेनापतिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने


प्रधानसेनापतिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देललले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्नलागेका हुन्।

यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !