७ फाल्गुन २०८२, बिहिबार

कांग्रेसका सभापति देउवा दम्पतीमाथि कुटपिट


कांग्रेसका सभापति देउवा दम्पतीमाथि कुटपिट

काठमाडौँ । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । आज मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरू पुगी देउवा दम्पतीमाथि आक्रमण गरेका हुन्। उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ।

भिडिओमा देखिएअनुसार देउवा रक्ताम्य भएका छन्। आरजुमाथि लछारपछार भएको देखिन्छ। देउवाले अस्पताल हैन प्रहरीलाई जिम्मा लगाउन आग्रह गरेका छन्।

जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् । अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !