९ फाल्गुन २०८२, शनिबार

कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी


कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिने विषयमा छलफलमा जुटेका छन् । मन्त्री निवास भैसेपाटीमा मन्त्रीहरुले छलफल गरिरहेका छन् ।

आज कृषिमन्त्री रामनाथ अधिकारीले भने राजीनामा दिइसकेका छन् । अरु मन्त्रीहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेल निवासमा छलफल गरेका हुन् ।

पार्टीले नै निर्णय गरे सहज हुुने विषयमा पनि कुरा उठेको स्रोतले बतायो । कांग्रेस नेता शेरखर कोइराला, महामन्त्री गगन थापाले सरकारको समर्थन छोड्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !