काठमाडौँ । ललितपुरको खुमलटारस्थित प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् ।
प्रचण्ड निवासमा आज बिहान ढुंगामुढा भएको प्रहरीले बताएको छ । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगो लगाएका छन् । सञ्चारमन्त्री गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।













