विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध भएको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको हो ।
गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरूषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।













