फाइल फोटो बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड भएको छ । ‘जेनजी’ प्रदर्शनकारीको एक समूहले रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४ मणिग्रामस्थित खाँणको घरमा तोडफोड गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले घरमा तोडफोडको जानकारी आएको बताए । यस्तै प्रदर्शनकारीले भैरहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालय, बुटवल र कोटिहवास्थित एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन रुपन्देही जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रसम्म कर्फ्यु लागू गरिएको हो।













