काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले मृत्यु भएको हो ।
काठमाडौँको ट्रमा सेन्टरमा ७ जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका ७ जना प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाडौँको एभरेष्ट अस्पतालमा ५ जना जनाको मृत्यु भएको छ भने सिभिल अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो ।
यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । योसँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १८ पुगेको हो ।













