काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोटको घर घेर्न हिँडेका प्रदर्शनकारीहरु मनोहरा पुलबाट फर्काइएका छन् । प्रधानमन्त्री निवास घेर्ने लक्ष्यका साथ त्यसतर्फ अगाडि बढेको जेन जी आन्दोलनकारी मनोहरा पुलबाट फर्काइएका छन् ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार २०० जनाको जुलुस टोली काठमाडौंबाट बालकोटतिर लागेको सूचना प्राप्त हुनासाथ मनोहरास्थित काठमाडौं र भक्तपुरको सीमा क्षेत्रमा तैनाथ प्रहरी टोलीले उनीहरूलाई त्यहीँबाट फिर्ता पठाएको हो । उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका थिए ।
यस्तै प्रधानमन्त्री ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ । प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । हाल दमकको अवस्था तनावपूर्ण छ ।













