९ फाल्गुन २०८२, शनिबार

जेनजी आन्दोलन : मृत्यु हुने प्रदर्शनकारीको संख्या १४ पुग्यो


जेनजी आन्दोलन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले मृत्यु भएको हो ।

काठमाडौँको ट्रमा सेन्टरमा ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका ६ जना प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौँको सिभिल अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको छ भने एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । योसँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुगेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !