९ फाल्गुन २०८२, शनिबार

जेनजी आन्दोलन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या तीन जना पुग्यो


जेनजी आन्दोलन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या तीन जना पुगेको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले मृत्यु भएको हो ।

काठमाडौँको ट्रमा सेन्टरमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । घटनास्थलमै प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको हो ।

योसँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३ पुगेको हो । यसअघि एकजनाको सिभिल अस्पतालमा उपचारका मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !