काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमामा बस्नेगरी दिउँसो ४ बजे बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताए ।
आज सोमबार जेनजी युवाहरूले काठमाडौँमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रवक्ता झाले जानकारी दिए । यस्तै सभापति रवि लामिछानेसँगको भेटघाट कार्यक्रममा बन्देज लगाइएको प्रवक्ता झाले बताए ।
जेनजीको आन्दोलनमा सरकारी धरपकड र अबको बाटोका सन्दर्भमा रास्वपाले छलफल गर्ने बुझिएको हो । जेन जी पुस्ताको आन्दोलन उग्र बनेर संसद् भवन नै प्रवेश गरेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।













