९ फाल्गुन २०८२, शनिबार

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु


काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको हो ।

अन्य केहीलाई पनि गोली लागेर अस्पताल लगिएको छ । ७०–८० जना घाइते उक्त अस्पतालमा उपचारत छन् । मृतकको परिचय खुल्न बाँकी रहेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !