काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर तीन जना पत्रकार घाइते भएका छन् । कान्तिपुर टीभी, नयाँ पत्रिका र नेपाल प्रेसमा कार्यरत पत्रकारलाई गोली लागेको बताइएको छ ।
प्रहरीको रबरको गोली लागेर नयाँ पत्रिकामा कार्यरत फोटो पत्रकार दिपेन्द्र ढुंगाना र नेपाल प्रेसमा कार्यरत फोटो पत्रकार उमेश कार्की घाइते भएका छन् ।
यस्तै कान्तिपुर टीभीका अनुसार फिल्डमा खटिएका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन् । अहिले उनीहरुलाई सिभिल अस्पताल लगिएको छ ।













