काठमाडौं । काठमाडौँको नयाँ वानेश्वरस्थित संघीय संसद् भवन नयाँ बानेश्वरको गेट नजिकै आगजनी भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा उर्लिएको भीडले आगजनी गरेको प्रहरीले जनाएको छ ।
जेन जी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश जारी भइसकेको छ ।
प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए ।
अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले घुँडामुनि रबरको बुलेट हानेको छ । अहिले सो क्षेत्रका कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन भने जारी छ ।













