२ फाल्गुन २०८२, शनिबार

अरनिको पाँडेलाई धरौटीमा छाड्न अदालतको आदेश


डा. अरनिको पाँडे CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले पाँडेलाई धरौटीमा छाड्न आज आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !