काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । आज बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् ।
बैठकपछि एमालेका मुख्यसचेतक महेश बर्तौलाले भोलि शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले भदौ १४ गतेदेखि भदौ १८ गतेसम्म गर्ने चीन भ्रमणबारे पनि जानकारी गराउनेछन् ।












