१ फाल्गुन २०८२, शुक्रबार

राज्यव्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध


ईश्वरीदेवी न्यौपाने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । उक्त समितिको सभापति पदमा कांग्रेसकी सांसद न्यौपानेको मात्र उमेदवारी परेको हो ।

आज मंगलबार अपराह्न ४ बजेसम्म निर्धारित समयमा न्यौपानेको मात्र उम्मेदवारी परेको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिए ।

सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ताका निम्ति मंगलबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको थियो । न्यौपानेको उम्मेदवारी दिउँसो ३ बजेर ४ मिनेटमा दर्ता गरिएको थियो ।

कांग्रेस सांसद रामहरि खतिवडाले न्यौपानेलाई सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गराएका थिए । नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले उक्त प्रस्तावमा समर्थन जनाए ।

सो समितिको नयाँ सभापतिका लागि भोलि भदौ ११ गते निर्वाचन हुने कार्यतालिका भएपनि उनको मात्र एकल उम्मेदवारी परेकोले अव निर्वाचन नहुने भएको छ । कांग्रेस सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !