४ फाल्गुन २०८२, सोमबार

गोरखापत्र जलाउन खोज्दा सन्तोष राजावादी पक्राउ


सन्तोष राजावादी

काठमाडौं । राजसंस्था समर्थक अभियन्ता सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) पक्राउ परेका छन् । आज माइतीघरमा गरेको प्रदर्शनका क्रममा राजावादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तिजबारे अनावश्यक लेखेर सनातन धर्ममाथि नै प्रहार भएको भन्दै गोरखापत्र जलाउन खोज्ने राजावादी पक्राउ परेका हुन् । राजावादीले केही युवाहरूसहित माइतीघर मण्डलामा पुगेर आजको गोरखापत्र दैनिक जलाउने प्रयास गरेका थिए ।

गोरखापत्र दैनिकको पहिलो पृष्ठमा तीजको व्रतसम्बन्धी सामग्री प्रस्तुत गरिएको छ । ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकुल असर’ शीर्षकको समाचारले हिन्दू सनातन धर्मप्रति अनास्था फैलाउन खोजेको भन्दै सन्तोषको समूहले विरोध गरेको हो ।

पक्राउ परेका उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा समेत पक्राउ परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !