१ फाल्गुन २०८२, शुक्रबार

राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेले दिइन् उम्मेदवारी


ईश्वरीदेवी न्यौपाने

काठमाडौं । राज्य व्यस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको उक्त समितिको सभापति पदमा कांग्रेसकी सांसद न्यौपानेले आज उम्मेदवारी दर्ता गराएकी हुन् ।

संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर आज मंगलबार उनले राज्य व्यवस्था समितिमा उम्मेदवार दिएकी हुन् । उनलाई राज्यव्यवस्था समितिको सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् ।

सो समितिको नयाँ सभापतिका लागि भोलि भदौ ११ गते निर्वाचन हुँदैछ । आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ । कांग्रेस सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !