९ फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबीच भेटवार्ता


प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् ।

यसअघि आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपराष्ट्रपति भो थि आन सुआनबीच भेट भएको थियो । उनी भ्रमण पूरा गरेर भदौ ९ गते स्वदेश फर्कने तालिका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !