काठमाडौँ । नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा गृहमन्त्री रमेश लेखकले सभाअन्तर्गतको विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ पारित गर्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।
निर्णयार्थ पेस हुनुअघि विधेयकमाथि भएको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको गृहमन्त्री लेखकले जवाफ दिएका थिए । गृहमन्त्री लेखकले संसद्ले विधेयकलाई उन्नत, व्यवहारिक, पारदर्शी बनाएको बताए ।
विधेयकमा आमाको नामबाट पनि छोराछोरीले नागरिकता प्राप्त गर्ने व्यवस्था राखिएको छ ।












