६ फाल्गुन २०८२, बुधबार

नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रास्वपा नेता कँडेल पक्राउ


हरिप्रसाद कँडेल

तवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतालाई पक्राउ हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका छन् । उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन्।

कँडेल प्रशिक्षण विभाग संयोजक रहेको कुरा रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले पनि पुष्टि गरेका छन्। उनले आफ्नो नामको अगाडि डाक्टर लेख्दै आएका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई बिहीबार चितवनबाटै पक्राउ गरेर रूपन्देही ल्याइएको हो। उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरू भएको एसपी क्षेत्रीले बताए।

रूपन्देही प्रहरीले गत साउन ३० गते रूपन्देहीको बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना भारतीयलाई पक्राउ गरेको थियो।

भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव नाम गरेका ती युवकको साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !