३ फाल्गुन २०८२, आइतबार

नेपालको सहमतिबिना लिपुलेक नाका प्रयोग गर्ने भारत र चीनको निर्णय आपत्तिजनक : नारायणकाजी श्रेष्ठ


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको सहमति बिना भारत–चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय गर्नु आपत्तिजनक र दु:खद भएको बताएका छन् ।

आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भारत र चीनले नेपाली जनताको भावनामाथि गम्भीर चोट पुर्याएको टिप्पणी छन् ।

नेपालको सार्वभौमिकता जस्तो संवेदशील विषयको सरोकारलाई उपेक्षा गरी सहमति गरेको भन्दै नेपाली जनताको भावनामाथि चोट पुर्याएको टिप्णी गरेका हुन् ।

श्रेष्ठले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने ऐतिहासिक तथ्य र प्रमाणका आधारमा दाबी गर्दै आएको उनले स्मरण गराएका छन् ।

दुई देशले नेपाललाई बेवास्ता गर्दै लिपुलेक पासहुँदै सीमापार ब्यापार गर्ने सहमति गरेकोबारे प्रतिक्रिया जनाउँदै उनले भारतले नै त्यो क्षेत्रलाई बिबादास्पद भूमिका रुपमा स्वीकारेको बताएका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्न २०१५ मा भएको चीन भ्रमणका क्रममा बेइजिङमा लिपुलेक नाकालाई भारत र चीन दुई देश बीचको व्यापारिक मार्गका रुपमा सञ्चालन गर्ने निर्णय गरेको र त्यसलाई सच्याउन नेपालले कूटनीतिक नोट पठाएको समेत उल्लेख गरेका छन्।

नेपालको जानाकारी, संलग्नता र सहमतिबिना लिपुलेक नाकालाई दुई देशको आपसी व्यापारिक प्रयोजनको लागि सञ्चालन गर्ने निर्णय हुनु आपत्तिजनक रहेको उनको भनाइ छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारतमा हुने भ्रमणका समयमा यसलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !