९ फाल्गुन २०८२, शनिबार

जन्मदर्ता नभएका विद्यार्थीलाई पनि एसईई फाराम भर्न दिनुपर्ने माग


मदनकुमारी साह

काठमाडौं । जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदनकुमारी साह ‘गरिमा’ले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रियसभा सदस्य साहले बुुवाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसईईको फाराम भर्न नपाएको सभाअध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद गरिमाले यस विषयमा सभालाई जानकारी गराउन समेत माग गरिन् । ‘जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकार हनन् गर्नु राज्य अपराध हो’, उनले भनिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !