२ फाल्गुन २०८२, शनिबार

बिचौलियालाई पद बेच्ने ओली र देउवाको लागि समावेशिताको परिवर्तन सह्य भएन : मनिष झा


मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेको नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको लागि समावेशिताको परिवर्तन सह्य नभएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा लेख्दै प्रवक्ता झाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तारूढ दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) ले गरेको तयारीबारे यस्तो टिप्पणी गरेका हुन् ।

उनले उपसभामुख रानालाई हटाउन गरिएको हस्ताक्षर गर्नु सामाजिक लडाई लड्दै आएकी एक जनजातिको छोरीलाई पदमुक्त गर्ने परिपञ्च गरेर सदनमा नाटक रचियो भने त्यसको जवाफ सडक आन्दोलन गरेर दिने चेतावनी दिए ।

उनले लेखेका छन्, ‘एकजना चेली जो बेचिन बाध्य भइन्। समाजसँगको विभिन्न तहको लडाई लड्दै असहाय बालबालिकालाई आश्रय दिँदै परिवर्तनको लागि सुधारिएको राजनीतिक अभ्यास गर्न राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएर उपसभामुखको पदसम्म पुग्न सफल भइन। परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेको ओली र देउवाको लागि यो समावेशिताको परिवर्तन सह्य भएन। सुन्दै छौँ हस्ताक्षर सङ्कलन हुँदैछ रे। समाजिक लडाई लड्दै आएका एक जनजातिको छोरीलाई पदमुक्त गर्ने परिपञ्च रच्दै छन् रे। नाटक सदनमा रचियो भने जवाफ सडकले दिनेछ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !