फाइल फोटो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत परीक्षण गर्नका लागि रगत वीर अस्पताल पठाइएको छ ।
सभापति लामिछानेलाई भेट्न आज सोमबार दिउँसो उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार पुगेका थिए । सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।
सभापति लामिछानेलाई जण्डिस (कमलपित्त) को आशंका गरिएको छ । जण्डिसको आशंका हुनेबित्तिकै उनको रगतको नमूना परीक्षणका लागि वीर अस्पताल लगिएको कारागार स्रोतले बतायो ।
रगतको रिपोर्ट भने आइनसकेको झाले बतइएको छ । सहकारी ठगी प्रकरणमा पुपर्क्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई गत शनिबार रूपन्देहीबाट ललितपुरको नख्खु ल्याइएको थियो।












