४ फाल्गुन २०८२, सोमबार

आयोगले भन्यो– रविलाई राखिएको कोठामा हावा पास हुँदैन, शौचालय खुला छ


राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राखिएको रूपन्देही कारागारको अवस्था दयनीय रहेको निष्कर्ष निकालेको छ ।

लिली थापासहित आयोगको टोलीले हिजो सोमबार गरेको रूपन्देही कारागारको अनुगमनबारे जानकारी दिएको हो । आयोगले आज एक विज्ञप्ति जारी गर्दै रास्वपाका सभापति लामिछानेलाई राखिएको रुपन्देही कारागारको कोठामा हावा पास हुने अवस्था नभएको बताएको छ।

आयोगले कारागारमा लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको बताएको छ । यस्तै, उनलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको पनि आयोगको विज्ञप्तिमा उल्लेख छ ।

कोठासँगै खुला ट्वाइलेट रहेकाले स्वास्थ्यका दृष्टिकोणले लामिछानेलाई राखिएको कोठा उपयुक्त नभएको निष्कर्ष आयोगको छ । लामिछानेलाई कोठाबाहिर हिँडडुल गर्न नदिएको विषय पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !