काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । आज आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीवीचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यद्यपि आज बिहान भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।












