३ फाल्गुन २०८२, आइतबार

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ


बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ

हेटाैंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सपथ लिएका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले नवनियुक्त मुख्यमन्त्री बानियाँलाई पद तथा गाेपनीयताकाे सपथ गराएका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँलाई प्रदेश प्रमुख देवकाेटाले आजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद गरी गरी कुल ६४ जनाको समर्थनमा संसदीय दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

यसअघि बहादुरसिंह लामाले बागमती प्रदेशका मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बानियाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । गत साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

बानियाँ बागमती प्रदेशकाे छैठाैं मुख्यमन्त्री बनेका हुन् । यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।

यो पनि पढ्नुहोस्

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !