४ फाल्गुन २०८२, सोमबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँद्वारा दाबी पेस


बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँद्वारा दाबी पेस

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँले दाबी आज पेस गरेका हुन् ।

सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

केहिसमय अघिमात्रै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकारको आह्वान गरेलगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !