काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच आज शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिवीच भेटमा समसामयिक देशको राजनीतिक विषयमा छलफल भएको शीतल निवास स्रोतले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे समेत जानकारी गराएको बुझिएको छ ।













