काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी छाड्न माधव नेपालको सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री खनालले नेकपा (एमाले) विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएपछि आक्रोशित भएका नेपालले खनालले पार्टी नीति विपरीत बोलेकाले पार्टीबाट बिदा हुन नेपालले आज सुझाव दिएका हुन् ।
इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको बताएका हुन् । यद्यपि एमालेमा फर्कने प्रश्नमा भने खनालले सर्त राखेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता खनालले एमाले फर्कन चार सर्त राखेका छन् ।
आज शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए ।
उनले सम्मानित नेता खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाइको अर्थ नरहेको बताए । यस्तै अध्यक्ष नेपालले शेरबहादुर देउवा र केपी ओली एक ठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए ।












