६ फाल्गुन २०८२, बुधबार

बहादुरसिंह लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन सहमत


बहादुरसिंह लामा तामाङ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिन सहमत भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन सहमत भएका हुन् ।

बागमती प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भइसकेका छन् । कांग्रेसबाट मुख्यमन्त्रीमा बानियाँलाई बनाउने तयारी छ ।

बुधबार सम्पन्न निर्वाचनमा उनले २२ प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित भएका थिए । निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !