काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । पार्टी अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाएर चौधरीलाई अध्यक्ष बनाइएको हो ।
हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष छानेको हो । चौधरी रेशमका बुबा र रञ्जीताका ससुरा हुन् ।
भेलाले बुधबार रञ्जीतालाई अध्यक्षबाट हटाएको थियो । नाउपाका संयोजक रेशमले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीरलाई अध्यक्ष बनाएका हुन् ।
पार्टीभित्र विवाद बढिरहेको बेला नाउपाले संरक्षक रेशमको सक्रियतामा राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरेको हो ।













