६ फाल्गुन २०८२, बुधबार

रञ्जिता श्रेष्ठलाई नाउपाको अध्यक्षबाट हटाइयो


रञ्जिता श्रेष्ठ चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाइएको छ । आज बुधबार काठमाडौंमा बसेको पार्टी संरक्षक समेत रहेका रेशम चौधरीको संयोजकत्वमा बसेको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको हो ।

आफ्ना श्रीमान् रेमशलाई पार्टी सदस्य हुनसमेत अयोग्य भन्दै अदालतमा जवाफ पेस गरेकी श्रेष्ठलाई रेशम पक्षीय बहुमत केन्द्रीय सदस्यहरूले हटाउनेगरी प्रस्ताव पारित गरेका हुन् ।

यद्यपि पार्टीले निर्णय लिइसके पनि कानुनी बाध्यता र निर्वाचन आयोगले गर्नसक्ने निर्णयलाई आधार बनाएर थप निर्णय भोलिमात्रै हुने सो पार्टीका नेताहरूले बताएका छन् ।

अध्यक्ष श्रेष्ठ कास्कीको लिचीबारी घुसकाण्डमा मुछिएपछि पार्टीले उनलाई जवाफ माग गरेतापनि अध्यक्ष श्रेष्ठले जवाफ नदिइ वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर पन्छिएकी थिइन् ।

भेलाले २०१ जना केन्द्रीय सदस्य अध्यावधिकका लागि निर्वाचन आयोग पठाउने निर्णय समेत गरेको छ । साथै भोलि बिहीबार बिहान ११ बजे भेला समेत बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !