४ फाल्गुन २०८२, सोमबार

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा


दीपेन्द्र अग्रवाल

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । सेयर लगानीकर्ता अग्रवाल आज प्रहरी हिरासतबाट हाजिरी जमानीमा रिहा भएका हुन् ।

ठगी र विश्वासघातको आरोपमा पक्राउ परेको अग्रवाल बुधबार काठमाडौ जिल्ला अदालतको अनुमतिमा रिहा भएका हुन् । काठमाडौं प्रहरी परिसरले अग्रवाललाई गत साउन ५ गते टोखाबाट पक्राउ गरेको थियो ।

ठगी र विश्वासघातको कसूरमा अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान जारी रहेको र आवश्यक परेको खण्डमा तुरुन्त उपस्थिति हुने सर्तमा रिहा गरेको हो ।

उनीविरुद्ध धनुषाको जनकपुर उपमहानरपालिका–१ घर भएर काठमाडौँ बस्दै आएका दिनेशप्रसाद शाहले ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !