५ फाल्गुन २०८२, मंगलबार

पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक


हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ ।

सुर्खेत क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्यसमेत रहेका हृदयराम र नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष भवानी थानीकी माता देवी थानीको गएराति काठमाडौँको वीर अस्पतालमा निधन भएको हो ।

विगत तीन वर्षदेखि श्वासप्रश्वास रोगबाट पीडित थानीको उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय थानीका धर्मकुमारी र अम्बिका दुई छोरीसमेत छन् । थानीको सुर्खेतस्थित रानीघाटमा मङ्गलबार अन्त्येष्टि गरिने उहाँका नाति इञ्जिनीयर उमेश थानीले राससलाई जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !