६ फाल्गुन २०८२, बुधबार

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी


प्रेमकुमार राई र युवराज सफल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । आफूलाई अभियन्ता बताउने युवराज पौडेल (सफल)ले राईविरुद्ध आज आइतबार अख्तियारमै उजुरी दिएका हुन् ।

सिन्धुली कमलामाईका पौडेलले तीन विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको हो ।

उजुरीमा पौडेलले वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता, नक्कली भुटानी शरणार्थीलगायत प्रकरणमा मुछिएका राईमाथि आवश्यक छानबिन र कारबाही गर्न माग गरेका छन् । उनीविरुद्धको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको हो ।

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !