१ फाल्गुन २०८२, शुक्रबार

मलाई कुनै पदको आशक्ति छैन, राजनीति गर्न पाउनु मेरो संवैधानिक अधिकार हो : विद्या भण्डारी


विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको लालसा, महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् । आज शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले राजनीति गर्न पाउनु आफ्नो संवैधानिक अधिकार भएको जिकिर गरेकी छन् । आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन् ।

“कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्तिमा म छैन । किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,” पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

उनले आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन् । मुलुकमा राजनीति गरेर नै आफू पार्टीको नेता भएर राष्ट्रपतिमा निर्वाचित भएको दिन र आफ्नो पार्टी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको उनले स्पष्ट पारिन् ।

“यो संवैधानिक अधिकारमात्र होइन, बरु राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ । आफ्नो बाँकी जीवन आफ्नो पार्टीको राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा म पुगेको हुँ,” उनले भनिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु